/चेलीबेटीलाई दर खुवाउन जुर्मुरायो चितवन समाज स्पेन

चेलीबेटीलाई दर खुवाउन जुर्मुरायो चितवन समाज स्पेन

निर्मला तिवारी
बार्सिलोना,१८स्पेन । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा चितवन समाज स्पेनले दर खुवाउने कार्यक्रम आयोजना गरेको छ । यहि आउदो आईतबार बार्सिलोनामा आयोजित तिज विशेष कार्यक्रम भब्य रुपमा गर्न लागेको समितिका खेलकुद विभाग संयोजक ध्रुब भट्टले बताए । भट्टले भने ‘स्थायी बसोबास चितवन भइ विगत लामो समय देखि समाजिक क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको समाजले चितवन माइती,मावली,घर,भएका आफ्नो चेलीबेटीहरूलाई विशेष दर खुवाउने पुर्व तयारी पुरा भएको बताए’ ।
चितवन समाज स्पेनले पहिलो पटक नेतृत्व परिवर्तन संगै समाजले चितवनबासीहरूलाई एक ढिक्का बनाएर लैजाने योजना अघि सारेको समेत समितिले बताएको छ । समाजले स्पेनभरी बसोबास गर्ने चितवनबासी आमा,दिदि,बैनीहरूलाई सार्वजनिक रूपमा निम्तो गरेको हुँदा कोहि कसैलाई खबर आएन हामी पनि चितवन कै हौ भनेर अड नमानी निर्धक्क संग यसै समाचारलाई आधार मानेर आउन समेत अनुरोध गरेको भट्ट बताउँछन् ।
भट्ट थप्छन् ‘नेपाली संकृति तथा आफ्नो रितिरिवाजलाई संरक्षण गर्दै प्रवासमा भएका आमा, दिदि-बैनी तथा चेलिबेटीहरूले पराई भइयो यो तिजमा पनि परिवार भन्दा टाढा भएको महसुस नगरूँन भन्नाको लागि समाजले संकृतिलाइ बचाई राख्न पनि सामाजिक काममा निरन्तरता दिने योजना अघि बढाएको जनाए ।’ समाजले चितवनबासीलाई विस्तारै जोड्दै समाजभित्र गोलबन्द गर्दै जाने समेत कार्यक्रम रहेको समितिले जनाएको छ। महिलाहरूको विशेष पर्व भएकोले सभ्य र भब्य रूपमा ब्यवस्थित तवरबाट कार्यक्रम गरिने समितिका अध्यक्ष राजु सम्शेर थापा बताउँछन् ।
चितवन समाज स्पेनको दर खाने कार्यक्रम निम्न अनुसार रहेको छ ।
११/०८/२०१९ आइतबारका
दिन ४ बजे देखि १० बजे सम्म
Restaurant IL PICOLO DI GRACIA ,
Carrer Roman i Cajal 146, 08012 Barcelona

544पटक जम्मा पढिएको,2पटक पढिएको आज