/एन आर एन नेदरल्यान्ड्सले द्वन्द पिडित, अनाथ बालबालिकाको सहयोगार्थ चलचित्र प्रदर्सन गर्दै

एन आर एन नेदरल्यान्ड्सले द्वन्द पिडित, अनाथ बालबालिकाको सहयोगार्थ चलचित्र प्रदर्सन गर्दै

द्रोण रिजाल ,नेदरल्यान्ड्स |
गैर आवासीय नेपाली संघ नेदरल्यान्ड्सले रोल्पामा अवस्थित द्वन्द पिडित अनाथ, असहाय तथा गरिब बालबालिकाहरुका लागी आवास निर्माण गरिदिने आसयले नेपाली चलचित्र( दाल भात तरकारी ) प्रदर्सन गर्न लागेको छ | यहि मे १२ र १३ तारिखका दिन नेदरल्यान्ड्सको राजधानी आमस्तर्दाममा प्रदर्सन गर्न लागिएको उक्त चलचित्रबाट प्राप्त रकमले आवास निर्माण गर्न लागिएको संघका अध्यक्ष ठाकुर प्रसाद शर्मा (मनोहरि )ले बताए | नेदरल्यान्ड्सबासि आमाबुबा , दिदीबैनी तथा दाजुभाईहरुलाई सादर अनुरोध गर्दै एन आर एन नेदरल्यान्ड्सले सामाजिक काममा सम्पूर्ण आदरणीय महानुभाबहरुलाई आमन्त्रण गरिएको र आ-आफ्नो पकेट खर्च बाट केहि रकम खर्चेर उक्त चलचित्र हेरी असहाय बालबालिकाहरुलाइ सहयोग हुने कुरामा कुनै द्विविधा नरहने महासचिब जितेन्द्र कुमार श्रेष्ठ अपिल गरेका छन् साथै उक्त चलचित्र हेर्नका लागी १२ वर्ष मुनिका बालबालिकाहरुलाई निशुल्क र अरुकालागि २० युरो राखिएको समेत श्रेष्ठले जानकारी गराए |

531पटक जम्मा पढिएको,1पटक पढिएको आज