/यी तीन प्रकारका पुरुष धोकेबाज हुन्छन्

यी तीन प्रकारका पुरुष धोकेबाज हुन्छन्

दिगो सम्बन्धको लागि महिला र पुरुषको उत्तिकै योगदान हुने गरेको छ । हरेक व्यक्तिले आफ्नो सम्बन्धलाई कालान्तर सम्मको लागि लान चाहन्छन् ।

महिलाहरु स्वभावैले दिर्घकालीन सम्बन्धको खोजीमा हुन्छन् । सम्बन्धको आयु लामो बनाउन धेरै नै त्याग गर्ने पनि महिला नै रहेको अध्ययन हरुले पुष्टी गरिसकेको छ ।

तर वास्तवमा सम्बन्ध दिगो बनाउन त्याग मात्र होइन सम्बन्धको सुरुवातमा सोच्नु पर्ने रहेको पछिल्ला अध्ययनहरुले देखाइरहेको छ । विशेषगरी महिलाले पुरुषको छनौट गर्दा नै शतर्क रहे सम्बन्ध टुट्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

पछिल्लो अध्ययनले तीन प्रकारका पुरुषहरु धोकेबाज हुने निश्कर्ष निकालेको छ ।

१. काम मात्रै गर्न चाहने पुरुष

कतिपय पुरुषहरु आर्थिक रुपमा अति महत्वाकांक्षी हुन्छन् । उनिहरु सम्बन्धप्रतिको दायित्वलाई कामको बोझ देखाउँदै पन्छिने गरेका हुन्छन् ।

जुनसुकै सम्बन्ध दिगो बनाउन महिला पुरुष दुबैले उत्तिकै दायित्व निर्वाह गर्नुपर्ने हुन्छ । कामको आडमा सम्बन्ध प्रतिको दायित्वलाई पन्छाउन खोज्ने प्रवृत्ति भएका पुरुषहरु अन्ततः सम्बन्ध तोड्न पछि पर्दैनन् ।

यस्ता पुरुषहरुलाई वास्तवमा सम्बन्ध प्रति सम्मान नहुने भएकाले धोका दिनु कुनै ठुलो कुरा लाग्दैन । सोही कारण पनि यस्ता पुरुषसँग सम्बन्ध जोड्नु पूर्व मानसिक रुपमा विश्लेषण गर्न जरुरी छ ।

२. प्लेब्वाइ

केहि पुरुषहरु महिलाहरुको भावनासँग खेलवाड गर्नुलाई ठुलै उपलब्धि मान्दछन् । यस्ता पुरुषले शुरुमा महिलालाई आफ्नो जालमा पार्न हरेक तरिका अपनाउछ । अझ भनौं, के भन्दा र के गर्दा महिला आफ्नो जालमा फस्छन्, ठ्याक्कै त्यस्तै गर्दछन् ।

तर सम्बन्ध बन्नु अगाडि नै त्यस्ता पुरुषले दिर्घकालीन सम्बन्धको सोच राखेका हुँदैनन् भने त्यो सम्बन्ध पक्कै दिगो हुन सक्दैन ।

सम्बन्धमा इमान्दार हुनु भन्दा अरुको मन दुखाउन सजिलो मान्ने भएकाले पनि यिनीहरु खेलाडी भनिएको हो । तत्कालिन आकर्षणमा मात्र नपरेर पुरुषलाई राम्रोसँग बुझ्न सकेमात्र महिलाले चाहेको जस्तो दिर्घकालीन सम्बन्ध बन्न सक्छ ।

३. अपरिपक्व पुरुष

सामान्यतया पुरुषहरुमा जिम्मेवारी बोध हुने हुनाले परिपक्वता सोही क्रमअनुसार आउँछ । तथापी केहि पुरुषहरु मानसिक रुपमा अपरिपक्व हुन्छन् । कुरा गम्भीर गरेजस्तो गरेपनि सानो समस्या आउँदा पनि हातखुट्टा छोड्ने प्रवृत्तिका हुन्छन् ।

लामो सम्बन्धमा साना ठुला समस्या आइनै रहेका हुन्छन् । यस्तोमा परिपक्व पुृरुषहरुले सम्बन्धलाई दिगो बनाउन कुनै त्याग गर्नुभन्दा धोका दिन सहज मान्ने गर्दछन् ।
आफ्नो नियन्त्रणमा आउने पुरुष खोज्ने महिलाहरु यस्ता पुरुषको फेला पर्ने गरेको बताइएको छ । सोही कारण पुरुषको परिपक्वता परिक्षण गरेर मात्र सम्बन्ध अघि बढाउँदा उक्त सम्बन्ध दिर्घकालसम्म सुमधुर हुने जानकारहरु बताउँछन् ।एजेन्सी ।

318पटक जम्मा पढिएको,1पटक पढिएको आज