/नेपालीहरुको आशा को किरण बन्दै संतोष पटेल

नेपालीहरुको आशा को किरण बन्दै संतोष पटेल

नेपालमा हिन्दूहरुको नेतृत्व गर्ने संगठनको कमी छैन। तर कम समयमै नेपालमा आफ्नो पहिचान बनाउन सफल हिन्दू परिषद नेपाल हाल नेपालको ४० भन्दा बढि जिल्लामा आफ्नो शाखा एवं संगठन विस्तार गरि सामाजिक तथा धार्मिक कार्यमा सकृया भुमिका खेल्दै आएको छ । शासन व्यवस्था जे होस नेपाल हिन्दू राष्ट्र हुनु पर्छ भन्ने मूल्य मान्यताको साथ कार्य गर्दै आएको परिषद् हाल नेपालमा हुने हिन्दू धर्मावलम्बीहरु माथी अन्याय वा हिन्दू धर्मका आस्था माथि हुने प्रहारको विरुद्धमा जहिले पनि परिषद्को नेतृत्वदायि भूमिका निर्वाह गर्दै आएको देखिन्छ । संगठनको अगुवा एवं हिन्दू परिषद् नेपालका राष्ट्रिय अध्यक्ष संतोष पटेल हाल सम्पूर्ण नेपालीहरुको आशाको किरण बन्दै गएका छन् । किनकी प्रष्ट विचारका साथ अगाडी बढेको यो परिषद् कुनै राजनितिक दल सँग आबद्ध छैन । र कोहीबाट पे्ररित नभएको पटेलले दाबी गरेका हुन् । पटेलका अनुसार हामी नेपालीहरुको पहिचान विश्वबाट गुमेको छ । नेपाल विश्वमा एक मात्र हिन्दू राष्ट्र भनेर चिनिने गरिन्थ्यो । नेपालबाट हिन्दु राष्ट्र हटाउ भनेर कहिले आन्दोलन भएन ? नेताहरु पनि चुनाव लड्दा नेपालबाट हिन्दू राष्ट्र हटाउछौ भनेर भोट माँगेनन् । तर मत प्राप्त गरे पछि दोहोरो चरित्र देखाए र हामी नेपालीहरु सँग विश्वसघात भए । त्यस कारण हामी नेपालीहरुको पहिचानका निमित्त हामी नै अगाडी बढनु पर्दछ । नेपालमा जब हामी हिन्दू राष्ट्रको कुरा गर्छौ तब हामी माथि विभिन्न आरोपहरु लाग्ने गरेका छन् । किनकी नेपालमा हिन्दूसँग जोडिएको अन्य संगठनले विभिन्न एजेण्डा राखेर कार्य गर्दै छन् वा कसबाट प्रेरित छन् । वहाँहरुको कार्य वा वहाँहरुको जवाफ हामीले दिने होईन । हाम्रो संगठनको जवाबदेही मात्र हामी हौ पटेलले भने । संगठन निर्माण गर्ने क्रममा कपिलवस्तु जिल्लामा ५१ केजीको मालाबाट सम्मान समेत पाइयो । विवाह पञ्चमीको शुभ अवसरमा जनकपुरधाममा रथमा राखेर नगर परिकृमा समेत गराइयो । भब्यताका साथ प्रदेश नं.२ स्तरिय अगुवा कार्यकर्ता सम्मेलन हुनु । गोरखा जिल्लामा खुल्ला अन्तरकृया कार्यक्रम सँगै प्रसिद्ध एवं एतिहासिक तीर्थ स्थल अन्नपूर्णा माताको मन्दिरमा विशेष पूजा पाठ समेत गरियो । सुनसरी जिल्लामा भब्य रुपमा जिल्ला अधिवेशन सम्पन्न हुनुको साथै विभिन्न जिल्लामा हुने धार्मिक कार्यहरुमा प्रमुख अतिथि वा विशिष्ट अतिथिको रुपमा सम्मान समेत पाई रहेको पटेलले बताए । हिन्दू परिषद् नेपालको पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरंग, झापा, मकवानपुर, कपिलवस्तु, रुपन्देही, गोरखा, बाँके, कैलाली, कास्की, बाग्लुड, सिन्धुली लगायतको जिल्लामा विशेष प्रभाव रहेको पाइन्छ । जिल्ला जिल्ला जाने क्रममा परिषद् अगुवा वा संगठनका जिम्मेवार व्यक्तिहरुले सो जिल्लामा रहेका प्रसिद्ध एवं एतिहासिक महत्व बोकेको तीर्थ स्थलहरु गढिमाई मन्दिर, चुरिया माई मन्दिर, रामजानकी मन्दिर, गहवा माई मन्दिर, अलखिया मठ, राजदेवी मन्दिर, कंकाली माई मन्दिर, पशुपतिनाथ मन्दिर, काली मन्दिर लगायतको ठाउँमा अवलोकन तथा सरसफाई कार्यक्रम वा पूजापाठ गरिएको सर्वत्र चर्चामा रहेको देखिन्छ। हाल नेपालमा हिन्दू वा हिन्दुका आस्था केन्द्र माथि हुने आक्रमणले नेपालमा बस्नु हिन्दूहरुको अब सोच्ने बेला आएको छ ? एक फरक प्रसंगमा पटेलले भने हिजो जब नेपाल हिन्दू राष्ट्र थियो तब पनि त नेपालमा मस्जिद र चर्च खोल्न पाईन्थ्यो नि । नेपालीहरुको पहिचान मिटाउन विदेशी राष्ट्रको चलखेलमा नेपालबाट हिन्दू राष्ट्र हटाइएको हो । जसको मुख्य दोषी राजनीतिक दलका अगुवाहरु हुन् । हामी सम्पूर्ण नेपालीहरुको पहिचानका निमित्त संघर्षरत छौं । हामी केवल के भनेका छौ कि जबर्जस्ती कुनै हिन्दूलाई क्रिश्चन वा मुस्लिम बनाइयो भन्ने त्यसको प्रतिकार गर्ने छौ । विभिन्न कारणले हिन्दू भई अन्य धर्म अपनाएका हाम्रा दाजु भाई, दिदी बहिनीहरुलाई आफ्नो मूल धर्ममा ल्याउन प्रयास गरि रहेका छौ । काम गर्दै जाँदा हरेक जिल्लामा उत्साह र साथ राम्रो पाई रहेको छु पटेलले भने । परिषद्को लोप्रियता देखेर नेपाली जनतामा आशाको किरण आएको छ अब आफ्नो पहिचानका निमित्त पार्टी भन्दा माथि उठ्न जरुरी छ तपाई हामी नेपालीलाई । नेपाल मात्र होईन विश्वमा हुने कुनै आन्दोलन पहिचानको लागि हुने गर्दछ । तर हामी नेपालीहरुको भएको पहिचान कि हटाईयो त ? जब हामी नेपाली एक आपसमा जात पात र छुवाछुत भनेर एकआपसमा लडदछोै तब विदेशीले यो सपना देख्न सक्छन त्यसकारण हामी समयमा सचेत होऔ ।। सनातन हिन्दू धर्म एवं संस्कृतिको रक्षाका लागि हिन्दूवादी अगुवाहरुको भेलाले २०७२ सालमा हिन्दू परिषद्को स्थापना बीरगंज भएको थियो । परिषद्का अध्यक्ष पर्सा जिल्लाको गाविस पकहामैनपुरमा २०४२ सालमा जन्मनु भएको थियो । हाल जिल्लाको सदरमुकाम बीरगंजको वडा नं. १ छपकैयामा बस्दै आएका छन् । एसएलसी सम्मको अध्ययन श्री त्रिजुद्ध मावि विर्ता बीरगंज, प्लस टुको अध्ययन हरि खेतान बहुमुखी क्याम्स बीरगंज र ब्याचलरको अध्ययन ठाकुर राम क्याम्पस विरगंजमा गरेका छन् । सामान्य परिवारका भएका पटेल कलेज गर्दै गरेको अवस्थामा गैर सरकारी संस्थामा लामो समय सम्म सामाजिक कार्यमा व्यस्त रहदै आएका थिए भने पत्रकारिता पेशामा पनि वहाँको राम्रो पकड रहेको छ । वहाँ सानै उमेरदेखि धार्मिक कार्यमा बढि सहभागि रहदै आएकोले गर्दा आज वहाँ हिन्दू परिषद नेपालको संस्थापक राष्ट्रिय अध्यक्ष समेत बन्न पुगे । लेखकः श्रवण प्रसाद साह
भोजपुरी टाइम्स दैनिक
कार्यकारी सम्पादक

312पटक जम्मा पढिएको,1पटक पढिएको आज