/जय श्री दामको १५ मिनेट युट्युवमा सार्वजनिक भएपछि……

जय श्री दामको १५ मिनेट युट्युवमा सार्वजनिक भएपछि……

काठमाडौँ, १३ पुस । ट्रेलर र गीत बाहेक निर्माण युनिटले चलचित्र प्रदर्शनमा पुर्व अन्य कन्टेन्ट गोप्य राख्ने गर्दछन् । तर २० पौसबाट प्रदर्शनमा आउँने चलचित्र ‘जय श्री दाम’ले भने १५ मिनेट फिल्म देखाएको छ ।

सोमबार राजधानीको दरबारमार्ग स्थित क्युुज चलचित्र भवनमा आयोजित एक कार्यक्रममा निर्मार्ण युनिटले ‘जय श्री दाम’को पहिलो हपको १५ मिनेट दृश्य देखाएको हो ।

दर्शकलाई सुरुवातकै १५ मिनेटको दृश्य मन परेको खण्डमा हलमा आउने भएकोले आफुहरुले १५ मिनेट चलचित्र सार्वजनिक गरेको निर्देशक विप्लप उप्रेतीले बताए । ‘यो हाम्रो नयाँ प्रयोग हो’ उप्रेतीले भने ‘सबैले एकै किसिमले प्रचार गर्नुपर्छ भन्ने छैन ।’ चलचित्रको सुरुवाती १५ मिनेटको मनपरे दर्शक हलसम्म आउने उप्रेतीको भनाई रहेको छ । उक्त दृश्य युट्युवबाट समेत सार्वजनिक गरिएको छ ।

अमृत ढुंगाना, विनोद न्यौपाने, राजन खतिवडा, प्रमोद अग्रहरी, जेबिका कार्की, विष्णु सापकोटा लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रले पैसाका लागि हुने संघर्ष कथा कमेडी शैलीमा प्रस्तुत गरेको छ ।
अहिले बजारमा आएका कमेडी भन्दा फरक कमेडी चलचित्रमा देख्न सकिने  पृथ्वी उप्रेतीले बताए । पृथ्वी र मनोज उप्रेती चलचित्रका कार्यकारी निर्माता हुन् । 

सुशान्त गौतमको संगीत, मित्र डी गुरुङको सम्पादन, विप्लप उप्रेती र अमरदिप सापकोटाको पटकथा, नवराज उप्रेतीको छायांकन चलचित्रमा रहेको छ ।

260पटक जम्मा पढिएको,1पटक पढिएको आज