/चलचित्र गरूड पुराणको ट्रेलरमा कमेडी नै कमेडी

चलचित्र गरूड पुराणको ट्रेलरमा कमेडी नै कमेडी

काठमाडौं, १३ पुस ।  माघ ४ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘गरूड पुराण’को ट्रेलर सार्वजनिक गरिएको छ ।

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको चलचित्रको ट्रेलर कमेडी संवादले भरिपूर्ण छ । ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरु फिचरिङ छन् ।

चलचित्रमा कर्मा शाक्य, नाजिर हुसेन, प्रविण खतिवडा, लुमिना तुलाधर, वसन्ध भट्ट, प्रकाश घिमिरे, कमल देवकोटा, सरोज श्रेष्ठ लगायतको मुख्य भूमिका छ । प्रियंका सिंहले यसै चलचित्रमार्फत डेब्यु गरेकी छिन् । चलचित्रलाई सुवास कोइरालाले निर्देशन गरेका हुन ।

अजित प्रजापति र अशोक गौतमले निर्माण गरेको यस चलचित्रलाई आकाश बराल, विनोद खतिवडा र नर्देशक कोइराला मिलेर लेखेका हुन् । कशम नेपालको कथा, सुसन प्रजापतिको छायाँकन रहेको चलचित्रमा उज्जवल ढकालको सम्पादन रहेको छ ।

237पटक जम्मा पढिएको,1पटक पढिएको आज