/अभिनेता दयाहाङले यसरी कुदाए गाडी

अभिनेता दयाहाङले यसरी कुदाए गाडी

काठमाडौँ, १३ पुस । चलचित्र ‘आप्पा’मा समावेश ‘हावा सरर’ बोलको गीत सार्वजनिक गरिएको छ ।

उमेश थापाको शब्द तथा अनमोल गुरुङको संगीत रहेको गीतमा थुप्देन भुटिया र स्निहाश्री थापाले स्वर दिएका छन् । सार्वजनिक गीतको भिडियोमा अभिनेता दयाहाङ राई गाडी कुदाइरहेका छन् । चलचित्रमा दयाहाङ ड्राइभर बनेका छन् । भिडियोको कोरियोग्राफर योजना प्रधान हुन ।

जेठ २४ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई अनमोल गुरुङले निर्देशन गरेका हुन । चलचित्रले बाबु छोराको कथा प्रस्तुत गर्नेछ ।

चलचित्रमा दयाहाङसँगै तुलसी घिमिरे, अरुणा कार्की, सिद्धार्थराज तामाङ, अल्लोना काबो लेप्चा प्रमुख भूमिकामा छन् । निर्देशक गुरुङको कथा समावेश चलचित्रको पटकथा निर्देशक गुरुङ र उमेश उपमाले तयार पारेका हुन् । चलचित्रको निर्मातामा रुदेन सादा लेप्चा रहेका छन् भने कार्यकारी निर्मातामा माबो हाङ रहेका छन् । चलचित्रलाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन् ।

301पटक जम्मा पढिएको,1पटक पढिएको आज